के तपाँईलाई थाहा छ?
- ... मान्छेको मुटु दिनमा १,०१,००० पल्ट धड्कन्छ, जीवनभरिमा लगभग ३ अरब पल्ट धड्कन्छ र लगभग ३ करोड ७८ लाख लिटर रक्त सञ्चार गर्छ, सामान्य मुटु एक मिनटमा ७० देखि ८० पल्ट धड्कन्छ ।पूरा पढ्नुहोस्
- ... के तपाँईलाई थाहा छ कि स्वयंभूको पुरानो नाम पद्मकण्ठगिरी हो।
- ... कोरियाको राजधानी सियोल यस्तो सहर हो जुन छ: सय वर्ष सम्म त्यहाँको राजधानी रही रह्यो।
- ... प्रतिदिन ८.१ मिलियन बैरल उत्पादन संगै सउदी अरब विश्वको सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो।
- ... सबैभन्दा पुरानो मानव निर्मित अयस्क कांसा हो।
- ... हट एयर ब्यालुनको खोज वर्ष १७८३ मा फ्रान्समा भएको थियो।
- ... पुतलीहरुले मात्र रातो, हरियो र पहेलो रंग हेर्न सक्छन्।
- ... बिरालोको प्रत्येक कानमा ३२ मांसपेशीहरु हुन्छन्।
- ... गोहीको मुखमा ८२ वटा दाँत हुन्छन्।
HINDI CHRISTIAN WORSHIP SONG - MERRY CHRISTMAS - HINDI CHRISTMAS(Gospel, Christian) SONG.mp3
ख्रीष्टमसको सन्देश ‘परमेश्वर हामीहरूसँग’उहाँको नाम ‘इम्मानुएल’ भनिनेछ, जसको अर्थ हो ‘परमेश्वर हामीहरूसँग’ । परमेश्वरको महिमाको ज्ञानको ज्योति ‘प्रभु येशू ख्रीष्टको मुख–मण्डलामा’ देखिन्थ्यो । अनन्तकालदेखि नै प्रभु येशू ख्रीष्ट, परमेश्वरसँग हुनुहुन्थ्यो, उहाँ परमेश्वरको प्रतिरूप हुनुहुन्थ्यो, परमेश्वरको महानताको र गौरवको प्रतिरूप र उहाँको उज्यालोपन । यहीँ महिमा प्रकट गर्नको लागि उहाँ यस संसारमा आउनुभयो । उहाँ यो पापमय संसारमा परमेश्वरको प्रेमको ज्योति प्रकट गर्न – ‘परमेश्वर हामीहरूसँग’ हुनलाई आउनुभयो । त्यसै ले उहाँको बारेमा यसरी भविष्यवाणी गरिएको थियो, ‘उहाँको नाम इम्मानुएल भनिनेछ’ । हामीसँग रहनलाई आउनुभएर येशूले मानिस–जाति र स्वर्गदूतहरूका बीचमा परमेश्वरको बारेमा प्रकट गर्नुपर्नेथियो । उहाँ परमेश्वरको वचन हुनुहुन्थ्यो, जसद्वारा परमेश्वरको विचार सुनिन सकिने बनाइयो । चेलाहरूको लागि गर्नुभएको प्रार्थनामा उहाँले भन्नुभयो – ‘तपाईंको नाउँ तिनीहरूलाई घोषणा गरिदिएँ’ । ‘दयावान र कृपालु धैर्यवान र असलपना र सत्यतामा प्रचुर’ ‘जुन प्रेमद्वारा तपाईं मलाई प्रेम गर्नुहुन्छ, त्यहीँ प्रेम तिनीहरूमा पनि रहोस् र तिनीहरूमा म’ । तर यी ज्ञानका प्रकाश केवल उहाँका सबै सन्तानहरूका लागि मात्र प्रकाश गरिएको थिएन । हाम्रो सानो पृथ्वी ब्रम्हाण्डको रचनाको ज्ञानको किताब हो । परमेश्वरको अनुग्रहको अचम्मको उद्देश्य र उद्धारमयी प्रेमको रहस्य नै एक यस्तो विषय हो, जसलाई ‘स्वर्गदूतले पनि हेर्ने इच्छा गर्दछन्’ र यो नै उनीहरूको अनन्तसम्मको अध्ययन हुनेछ । स्वर्गको पापहीन र उद्धार पाएका दुवैले येशूको क्रुसमा आफ्ना आराधना र क्रमबद्ध ज्ञान पाउनेछन् । यो देखिनेछ कि येशूको चेहरामा चम्कने ज्योति उहाँको स्व– बलिदानको प्रेमको महिमा हो । कलवरीको ज्योतिमा यो देखिन्छ कि प्रेमपूर्वक स्वपरित्यागको नियम नै स्वर्ग र पृथ्वीको जीवनको नियम हो । त्यस्तो खालको नम्र झुकावको प्रेमको श्रोत परमेश्वरको हृदयमा छ, र नम्र र घमण्डहीनहरूमा नै उहाँको चरित्र प्रकट हुँदछ, जो त्यस ज्योतिमा रहनुहुन्छ, जहाँ कुनै पनि मानिस पुग्न सक्नेछैन । आदिमा परमेश्वर सृष्टिको सम्पूर्ण कामद्वारा प्रकट हुनुहुन्थ्यो । ती ख्रीष्ट नै थिए, जसले स्वर्गलाई चौडा पार्नुभयो र पृथ्वीको जग बसाल्नुभयो । ती हात उहाँकै थिए, जसद्वारा पृथ्वीलाई ब्रम्हाण्डमा अड्याउनुभयो र बगैँचाका पूmलहरूका रचना गर्नुभयो । उहाँले ‘आफ्नो शक्तिद्वारा पहाडहरू निर्माण गर्नुभयो’ । ‘समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो’ (भजन ६५ः६, ९५ः५) । पृथ्वीलाई सुन्दर बनाउने र हावालाई संगितमय बनाउने उहाँ नै हुनुहन्छ । पृथ्वीका सबै चीजहरूमा, वायुमण्डलमा र आकाशमा उहाँले पिताको प्रेमको सन्देश लेखिदिनुभयो । परमेश्वरको सिद्ध कार्यलाई अब पापले नष्ट तुल्याएको भए तापनि उहाँका हस्तलेख यथावत छन् । आज पनि सृष्टि गरिएका सबै थोकले उहाँको श्रेष्ठताको महिमाको घोषणा गर्दछन् । त्यहाँ मानिसको स्वार्थी हृदयबाहे क अरू केही पनि छैन, जो केवल स्वयं आफ्नै निम्ति मात्र बाँच्दछ । कुनै पनि चरा जसले हावालाई चिर्न सक्छ, र कुनै पनि जनावर, जसले जीवनमा हिँडडुल गर्दछ, सबैले अरू जीवलाई सहायता गरेका हुन्छन् । त्यहाँ जङ्गलमा कुनै पनि यस्ता पात वा मैदानमा घाँसका कुनै एक यस्ता टुँसा छैनन् जो अरूलाई सहायता नगरिरहेको होस् । प्रत्येक रुख, झाडी र पातले जीवनको त्यस तत्वलाई खन्याउँदछ जुनविना न मानिस न ता जनावर नै बाँच्न सक्नेछ, त्यसको बदलामा मानिस र जनावरले रुख, झाडी, वा पातका जीवनलाई सहायता गरेका हुन्छन् । फूलहरूले सुगन्धित स्वास फेर्दछन् र उनीहरूको सुन्दरतालाई आशीष्को रूपमा सारा संसारलाई दिन्छन् । सूर्यले हजारौं जगत्लाई प्रसन्न तुल्याउनका निम्ति आफ्नो ज्योति छर्दछ । समुद्र जो आफै सम्पूर्ण खोलानाला र पानीका मुहानको श्रोत हो, यसले पूनः दिनका लागि हरेक भू–भागका नदीहरूलाई ग्रहण गर्दछ । यसको छातिबाट उठेका कुहिरोहरू पृथ्वीलाई भिजाउनका निम्ति झरीको रूपमा बर्सन्छन्, ताकि पृथ्वी फलोस् फूलोस् । महिमाका स्वर्गदूतहरूले अरूलाई दिनमा आनन्द मान्दछन् – अशुद्ध र पापयुक्त आत्माहरूलाई प्रेम र अथक रूपमा हेरचाह गर्नमा । स्वर्गमा रहनेले मानिसका हृदयप्रति प्रेम प्रकट गर्दछन्, तिनले यस अन्धकार जगत्मा स्वर्गको चोकबाट ज्योति ल्याउँदछन् । सौम्य र धैर्यताका साथ तिनीहरू मानव आत्माभित्र प्रवेश गर्नछन् र हराएकाहरूलाई ख्रीष्टको संगीपनमा ल्याउन चाहन्छन्, जुन स्वयं तिनीहरूले थाहा पाएभन्दा नजिकै छ, जसको मतलब मानिसलाई आफैसँग भन्दा पनि नजिक ल्याउनु हो । त्यसैले प्रभु येशू ख्रीष्टको जन्मको वातावरणमा सबैको हृदयमा येशू ख्रीष्ट (जो प्रेमको श्रोत हुनुहुन्छ, असल गुरु हुनुहुन्छ, जो स्वयं परमेश्वर हुनुहुन्छ र जसलाई अँगाल्दा हामीमा पनि प्रेमको विजारोपण हुन्छ) लाई जन्म दिनुपर्दछ । यस संसारमा देखावटी शारीरिक परिवर्तनको रूपमा मात्र नभएर भित्री हृदयबाट नै परिवर्तित हुने प्रतिवद्धता गर्नुपर्दछ । ख्रीष्टमसको समय संसारिक भोजन, उत्ताउला प्रवृत्ति, लडाइँ–झगडाको वातावरण त्यस्तै हृदय दुःखाउने र शैतान खुशी हुने व्यवहारहरूबाट होइन तर जुन परमेश्वरको इच्छा हामीमा होस् भनेर बाइबलले बताउँदछ, त्यहीँ चरित्रको विकास गरेर, अरू जसले उहाँको नाम सुनेका छैनन्, तिनीहरूको अगाडी ‘परमेश्वर शान्तिको परमेश्वर हुुनुहुन्छ’ भन्ने चरित्र सबैले देखाउनुपर्दछ । येशू ख्रीष्टलाई व्यक्तिगत मुक्तिदाताको रूपमा चिनेर उहाँको आज्ञामा रह्यौं भने मात्र हामी उहाँका सन्तान भनेर कहलाइन सक्नेछौं । शैतान हर समय उहाँको विरोधमा हुने भएकोले, हामी पनि हर समय शैतानलाई झुट र उहाँलाई सत्य देखाउन सक्नु नै ख्र ीष्टमस कहलिनेछ । येशू ख्रीष्टलाई कुनै पनि मीठा–मीठा भोजन, रगत र बोसोले भरिएको मासु, जाँड–रक्सी आदि खराव चीजसँग तुलना गर्नेहोइन तर उहाँलाई हाम्रो शुद्ध हृदयमा राखेर ‘परमेश्वर हामीहरूसँग’ भन्ने कुरालाई अरूको सामू देखाउन सक्नुपर्दछ । त्यसैले ‘येशू ख्रीष्ट’ जन्मेको यो समय वा वातावरण भएकोले, उहाँ संसारका पापीहरूको पापक्षमा र अनन्तको बाटो देखाउने एक मात्र मुक्तिदाता अथवा बाटो, सत्य र जीवन हुनुहुन्छ भन्ने सु–समाचार सारा संसारमा फैलाउनु नै यसको सार्थकता हो ख्रीष्टमसको समयमा अन्य जातिहरूको लागि सु–समाचार सुनाउने माध्यम बन्न सक्नुपर्दछ । उहाँलाई साँचो रूपमा चिनेर, ख्रीष्टरहीत यस देशमा ख्र ीष्टसहितको आशीषित् देश भनेर संसारमा चिनाउनु नै अन्तिम युगको चिनारी हो । हामी सबै त्यसैको लागि अग्रसर हो औं । ख्रीष्टमसको शुभ–कामनासहित परमेश्वरले आशीष् दिऊन् ।

Nepali United Jyoti Church
121driving park AVE Rochester NY 14613
|
|
|