http://NepaliUjyotiC.yolasite.com

Bijaya Khadka   (Every things is possible who believe LORD)  
We The Npali United Jyoti Church Welcome                            Every-one------
                   Rochester NY 
                driving park 14613
                    God bless you

के  परमेश्वर तपाईंको जीवनमा                       वास गरेको चाहनुहुन्छ?

के तपाईंको जीवनमा परमेश्वर वास गरेको चाहनुहुन्छ – वा के तपाईंको जीवनमा परमेश्वर हुनुहुन्छ – एकपटक राम्ररी गहिरिएर विचार गर्नुहोस् । परमेश्वर तपाईंलाई सृजनुहुने, तपाईंलाई सुरक्षा दिने, तपाईंको परिश्रम र मेहनतमा प्रतिफल दिनुहुने र तपाईंलाई वास्ता अनि प्रेम गर्ने हुनुहुन्छ । परमेश्वर मानिसले निर्माण गरेको कुरामा बस्नु हुन्न । उहाँलाई कुनै भवन वा आकृतिमा पाईंदैन । बरु उहाँ आफैले सृष्टि गरेको मानिसमा वास गर्नु हुन्छ भनी बाइबल धर्मशास्त्रले बताउँछ – १राजा ८:२७; १कोरिन्थी ३:१६) । मानिस नै परमेश्वर वास गर्ने परमेश्वरको मन्दिर हो । यदि परमेश्वर मानिसमा वास गर्नु हुन्छ भने, के सबै मानिसमा पमरेश्वर वास गर्नु भएको छ ? – वा के तपाईंमा परमेश्वर वास गर्नु भएको छ ?  – बाइबल धर्मशास्त्रअनुसार परमेश्वर हरेक मानिसमा वास गर्नुपर्ने हो तर दर्भाग्य;  सबै मानिसमा परमेश्वर हुनुहुन्न ।  बाइबलले यसको कारण बताउँछ । त्यो होः परमेश्वर पवित्र हुनुहुन्छ -यहोशू २४:२९; यशैया ५:१६; १पत्रुस १:१५-१६; प्रकाश ४:८)  तर मानिस पापी छ -रोमी ३:९-१०, २३; उत्पत्ति ८:२१; भजनसंग्रह ५१:५) र तपाईंलाई लाग्ला मानिस कसरी पापी छ भनेर किनभने साधारण मानवीय धारणामा पाप भनेको कसैको हत्या गर्नु, चोरी डकैती गर्नु, व्यभिचार गर्नु वा कसैलाई अत्याचार गर्नु हुन्छ । हुनसक्छ यी कामहरू मध्ये मानिसले कुनै पनि गरेको छैन तर पनि ऊ पापी हुनसक्छ । यसको कारण बाइबलको अनुसार “पाप भनेको परमेश्वरको आज्ञा उलङ्घन गर्नु” हो । परमेश्वरका आज्ञाहरू मध्ये झूटो बोल्नु पनि पाप हो । के तपाईंले जन्मेदेखि अहिलेसम्म एउटा पनि झूटो बोल्नु भएको छैन वा के संसारमा यस्तो कोही व्यक्ति छ जसले जन्मेदेखि अहिलेसम्म जानेर वा नजानी कुनै झूटो बोलेको छैन ?  वास्तवमा त्यस्तो कोही पनि छैन होला । त्यसैकारण यो भन्न सकिन्छ कि ऊ आफ्नो पापको कारणले पापी भयो । अब उसले परमेश्वरलाई भेट्न सक्दैन । ऊ परमेश्वरदेखि अलग वा विरानो भएको छ -एफिसी २:१३; ४:१८; कलस्सी १:२१) वा ऊ परमेश्वरको आज्ञा उलङ्घन गरेका कारण परमेश्वरको शत्रु भएको छ -याकूब ४:४; रोमी ८:७) । अब परमेश्वरलाई उसले भेट्ने हो भने ऊ पवित्र हुनु आवश्यक छ । पवित्र हुने काम गर्न उसले आफ्नो ज्ञानबुद्धि, बल, प्रतिष्ठा, धन, धर्मकर्म आदिले सक्दैन -एफिसी २:९) । यो त परमेश्वरले मात्र गर्न सक्नु हुन्छ । मानिसले जति असल गर्छ त्यो परमेश्वरको अघि पवित्र हुन वा मुक्ति पाउन प्रशस्त हुँदैन किनकि परमेश्वरको अघि उसले आफूले गरेको गल्तिको दण्ड नमिलिकन ऊ दोषी नै रहन्छ । तर यो मानिसको समस्या भएकोले मानिस आफैले नै समाधान गर्नुपर्छ । यो समाधान गर्न कुनै मानिस पनि परमेश्वरको नजरमा धर्मी छैन -रोमी ३:१०) । परमेश्वरमात्र धर्मी र पवित्र हुनुहुन्छ -१पत्रुस १:१५-१६) । त्यसैले परमेश्वर मानिसको रूप लिएर जन्मनु भयो -यूहन्ना १:१, १४) । उहाँ येशू नामले चिनिनु भयो (मत्ती १:२१) । येशूले मानिसलाई उसको पापबाट उद्धार गर्नुहुन्छ । उहाँमा कुनै पाप थिएन -१यूहन्ना ३:५), उहाँले कुनै पाप गर्नु भएन -१पत्रुस २:२२) उहाँले मानिसको पापको लागि आफ्नो शरीरमा दण्ड भोगेर मानिसलाई छुट्कारा दिनुहुन्छ -२कोरिन्थी ५:२१; हिबू्र ९:१४, २८; एफिसी २:८-९; रोमी ३:२५); उहाँ इश्वरमानव भएर परमेश्वरदेखि विरानो र अलग भएको मानिसलाई परमेश्वरसँग मिलाप गराउनु हुन्छ -रोमी ५:१०;एफिसी २:१३, १६; कलस्सी १:२०) । अब उहाँमा नै हाम्रो उद्धार छ, अर्थात् पापको क्षमा छ -कलस्सी १:१४) । परमेश्वरले यो उद्धार वा पापको क्षमा दिन मानिसलाई बोलाइरहनुभएको छ । अब यदि मानिसले यो पाउने इच्छा गर्छ भने उसले येशूलाई आफ्नो प्रभु भनी मुखले स्वीकार्नु र उहाँले पापको ज्याला मृत्युमाथि विजय दिन सक्नु हुन्छ भनी आफ्नो हृदयमा विश्वास गर्नुपर्छ -यूहन्ना ३:१६; रोमी १०:९-१०) । आफ्ना पापहरू उहाँसँग स्वीकारी त्यसको क्षमा माग्नु पर्छ र उहाँले उसका पापहरू क्षमा गर्नु हुन्छ र उसलाई सबै पापबाट शुद्ध पार्नु हुन्छ -१यूहन्ना १:७) । उसको जीवनमा परमेश्वर वास गर्नुहुन्छ र ऊ परमेश्वरको मन्दिर हुन्छ -१कोरिन्थी ६:१९) । के तपाईं परमेश्वर आफ्नो जीवनमा आएको चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तलको  प्रार्थना दोहोर्‍याउनुहोस्

 

प्रार्थना

हे सारा र्स्वर्ग, पृथ्वी र यसमा वास गर्ने हरेक कुरा सृजनु हुने परमेश्वर म यो घडी हजुरलाई पुकारा गर्दछु कि मेरो जीवनमा हजुर वास गर्नुहोस् । आज मैले थाहा गरें कि तपाईं ममा वास गर्न चाहनुहुँदो रहेछ तर मेरो पापको कारणले तपाईंलाई ममा वास गर्न असहज परिस्थिति सृजना भयो । म मेरा जीवनका पापहरू मानिलिएर तीदेखि मलाई क्षमा गर्नुहोस् भनी तपाईंसँग क्षमा माग्दछु । म तपाईं मानिसको रूप लिएर आउनुभएका येशूलाई प्रभु भनी स्वीकार्दछु र मलाई मृत्युदेखि मुक्ति दिने मुक्तिदाताको रूपमा विश्वास गर्दछु । मेरो जीवनमा आउनुहोस् । मलाई फेरि पापदेखि जोगाउनुहोस् । मलाई अझै राम्रोसँग तपाईंलाई बुझने मौका र बुद्धि दिनुहोस् । यो विनम्र  प्रार्थना म येशू प्रभुको नाउँमा चढाउँदछु । आमेन -यस्तै होस्)।


यात्रा अनगिन्ती हुँदारहेछन मान्छेको जीवनमा। कतिपय क्षण हरु ओठमा लाली बोकेर सुखद अनुभुती दिने भने कयौ पलहरु सम्झनामा तरङिएर परेलिका डिलबाट चिप्लिरहने । हो ! यशु तिम्रो मेरो यात्राका अधुरा कथाहरु पनि अझै गन्तब्यबिहिन भएर हिडिरहेका छन । शायद तिमीलाई जिन्दगी जित्ने ठुलो रहरहरुले अझै अटल बनेर तिम्रो इच्छाहरुको गती तिब्र पारेको होला यता मलाई पनि तिमीसँग रमाउने सपनाहरुले द्रबिभुत बनाएको छ । कल्पिन्छु हरेक पल तिम्रा लागि आँखामा उनै अतितहरु बोकेरा जहाँ हाम्रो बाल्यकाल बित्यो अनी स्कुले जीवन अहिले भौतिक रूपमा टाढा भएपनी मेरो मन सधैं तिम्रो अघिपछी घुमिरहेको छ तर दु:खको कुरा तिमी न यसलाई मान्न तयार छ्यौ न मेरो प्रेमलाई नै  हुन त गल्ती मेरै हो यशु मनभित्र अंकुरिएका प्रेमका गुच्छाहरु कुनै दिन तिम्रो आचलमा पोख्न सकिन फेरी कोशीस नगरेको पनि हैन धेरैपल्ट तर डर लाग्थ्यो कतै तिमी म देखी धेरै टाढा हुन्छ्यौकी भन्ने । किनकी म तिमीलाई टाढा भएको देख्न सक्दिनथे यशु त्यसैले पनि मैले मेरा मनभित्रका इच्छाहरु बाधेर राखेको थिए अनी यिनै बाधेर राखेका सपनाहरु फुकाउनको लागि उचित समयको सधैं प्रतिक्षा गरे र गरिरहेको पनि छु...........
आखिर यो माया भनेको पनि अचम्मको हुदो रहेछ जती टाढा भयो उती यादहरु बढेर आउदोरहेछ यशु ! भन्छन नपाउने चिजको झन धेरै माया हुन्छ रे शायद त्यही भएर पो हो कि आज भोली त न रातमा निद आउछ खाली तिम्रै मात्र झझल्को आँखामा नाचिरहन्छ । मलाई याद छ त्यो दिन जूनदिन तिमी र म कमला फाँटमा बाख्रा चराउन गएका थियौ अनी तिमीले सोधेकी थियौ गणेश ! तिम्री गर्ल फ्रेन्ड कस्ती छे नि भनेर । त्यती बेला मैले तिमी जस्तै छे भनेर भनेको थिय अनी तिमीले हो र मात्रै भन्यौ । हाम्रा कुरा त्यती मै सिमित भए मैले धेरै चोटि कोशीस गरिरहे तर केही न केही । मैले भने तिमीलाई यो मनमन्दिरमा देवी बनाएर सजाउदै गए आखिर आज समयले हामीलाई टाढा बनाएको छ । सात्समुन्द्र वारी बसेर तिम्रो यादमा रमाउदै अनी तिम्रो सफलताको कामना गर्दै बस मेरा सपनाहरु बोकेर यही सपनाहरुमा डुल्दै छु मात्र तिम्रो प्रतिक्षा मा मेरी यशुधा ..............
उही तिम्रो जीबनमा आउन खोज्नेस्विकार्ना ।
jesus

पवित्र आत्मा (The Holy Spirit

पवित्र आत्माको प्रवेश, जुन बोलीमा पनि प्रष्ट देखिन्थ्यो,यसले स्वर्गको आगमनको पक्का प्रमाण दिन्थ्यो।

पवित्र सम्बन्ध (The Holy Communion)

 पवित्र उत्सव (होली कम्युनिअन) प्रभु येशु ख्रिष्टको मृत्युको सम्झनामा गरिने संस्कार हो। यसले हामीलाई प्रभुको रगत र मासुको अंश ग्रहण गर्न र उहाँसित समाहित हुन सक्षम गराउँछ जसले गर्दा हामी अनन्त जीवन प्राप्त गर्न र अन्तिम दिनमा उठाइन सक्छौ। यो संस्कार सकेसम्म धेरै गर्नुपर्छ। मात्र एउटा ताजा रोटी र अङ्गुरको रस प्रयोग हुन्छ।

पवित्र बाइबल (The Holy Bible)

बाइबल इसाईहरुको पवित्र किताब हो । बाइबल धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको वा उल्था गरीएको थियो । पछि यो ल्याटीन र अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरुमा अनुबाद भइसकेको छ । 
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् ।कुनैमा परमेश्वरले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा- -परमेश्वरको गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा परमेश्वरले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन् ।
 

Contact Us

This free website was made using Yola.

No HTML skills required. Build your website in minutes.

Go to www.yola.com and sign up today!

Make a free website with Yola